ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई सहयोग
वि.सं.२०७७ असार ३० मंगलवार १६:४८
1.2K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ ।
बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्तो कार्यलाई निरन्तरता दिन् आग्रह गरे ।
कोभिड–१९ ले आम विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७७ असार ३० मंगलवार १६:४८




















