अनलाइन पत्रकारहरुलाई शिखर इन्स्योरेन्समा निःशुल्क कोरोना बीमा
वि.सं.२०७७ जेठ २५ आइतवार १२:११
1.3K
shares
काठमाडौं: अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको एक लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हक लगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो । यो बीमा कार्यक्रमका लागि संघका सदस्यहरुले बीमा शुल्क तिर्नुपर्ने छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।
वि.सं.२०७७ जेठ २५ आइतवार १२:११


















