निम्बस समूहले गर्याे कर्मचारीहरुको कोराेना भाइरस विरुद्घकाे विमा
वि.सं.२०७७ जेठ ४ आइतवार ११:१९
1.6K
shares
काठमाडाैं: हाल काेभिड-१९ बाट स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरुमा यस बिरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ जाँच गर्ने, मष्कको प्रयोग, सामाजिक दुरिको पालना, अत्यावश्यक बाहेक अन्य कर्मचारीहरुलाई घरबाटै सेवा दिने अवधारणा लागु गर्दै आएको छ ।
अत्याबश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा अनलाईन मार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीई को समेत प्रयोग गर्दै आएता पनि सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थीक क्षतिलाई न्यूनिकरण गर्न सिखर ईन्सयोरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत ५ सय ३६ जना कामदार तथा कर्मचारीहरुलाई काेराेना विरूद्ध विमा गरिएकाे छ ।
निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्– “हामीले सवै कर्मचारीहरुलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाका लागि सम्पुर्ण कर्मचारीहरुलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं” ।
वि.सं.२०७७ जेठ ४ आइतवार ११:१९



















