कोरोना संक्रमण विरुद्ध लड्न विश्व बैंकद्वारा नयाँ प्याकेज घोषणा
वि.सं.२०७६ चैत ५ बुधवार ०८:५९
1.4K
shares
एजेन्सीः विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ । बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमका निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो ।
अब बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर (१६ खर्ब ६६ अर्ब रुपैयाँ) रकम परिचालन गर्नेछ । प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले द्रुत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ । यो सहायता परिचालन मार्फत कोरोना रोकथाम, पहिचान र नियन्त्रणका लागि आवश्यक कदम चालिनेछ । प्रभावित मुलुकहरुको सार्वजनिक स्वास्थ्य पूर्वतयारी, रोग नियन्त्रण, रोकथाम, निदान र उपचार एवं निजी क्षेत्रलाई सहयोग गरिने विश्व बैंकले जानकारी दिएको छ ।
यसअघि आइएफसीले ८ बिलियन अमेरिकी डलर (९ खर्ब ५२ अर्ब रुपैयाँ) सहायता रकम घोषणा गरेको थियो । यसअघिको सहायता रकममा ६ अर्ब (७ खर्ब १४ अर्ब रुपैयाँ) सहायता प्याकेज ल्याएको थियो । महामारी फैलँदै गएपछि बैंक अन्तर्गतको आइएफसीले सहायता रकम बृद्धि गरेको हो । आइएफसी फाइनान्सिङको पछिल्लो एकमुष्ठ रकम वित्तीय संस्थाहरुलाई व्यापार लगानी, पूँजीगत सहायता र मध्यकालिन वित्तीय पक्षपोषण खर्च गरिनेछ ।
वि.सं.२०७६ चैत ५ बुधवार ०८:५९


















