कोरोना भाइरसको त्रासले कोपा अमेरिका एक बर्ष ढिला हुने
वि.सं.२०७६ चैत ५ बुधवार ०८:१२
1.6K
shares
एजेन्सीः कोरोना भाइरसको त्रासका कारण कोपा अमेरिका फुटबल एक बर्ष पछि धकेलिएको छ । सन् २०२० मा तय भएको कोपा अब एक बर्ष पछि मात्रै हुनेछ । विश्वव्यापी फैलिएको कोरोनाका कारण अमेरिकी देशहरुमा फुटबल तालिका तलमाथि भएपछि कोपा सरेको हो ।
‘कोरोनाको जोखिमका कारण कोपा २०२१ मा सारिएको छ’, ‘महत्वपर्ण प्रतियोगिता १ बर्ष पछि सरेपछि सबै अमेरिकी देशले फुटबलको घरेलु तालिका अनुसारका खेल ढिला गरेर भएपनि सम्पन्न गर्न सक्छन्’ साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले उल्लेख गरेको छ ।
२०२० को १२ जुन देखि १२ जुलाईसम्म तय भएको कोपा एक बर्ष पछि अर्थात २०२१ को ११ जुन देखि ११ जुलाई सम्म हुनेछ । तर कोपाको नयाँ मिती भने परिवर्तन हुनसक्ने सम्भावना छ ।
वि.सं.२०७६ चैत ५ बुधवार ०८:१२


















