1. Home
  2. /
  3. प्रदेश ५

आफ्नो कार्याकर्ता रिहा गर्न माग गर्दै विप्लव समुहले गरेको नेपाल बन्दको देशैभरि आंशिक प्रभाव

काठमाडौं: नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण आज राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । राजधानीमा सार्वजनिक सवारी साधन कम चलेका छन् भने राजधानी बाहिरिने र भित्रिने सवारी साधन पनि प्रभावित बनेका छन् । आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । […]

राष्ट्रिय गौरव आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय सुरुङ निर्माणको ‘ब्रेक थ्रु’ आज

सुर्खेत: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गर्नुहुनेछ । सुरुङ निर्माण सम्पन्न हुने सम्झौता मिति आउनुभन्दा एक वर्ष अगाडि नै सुरुङ निर्माण सम्पन्न भएको हो । सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालदेखि चिप्लेसम्म १२ दशमलव २ […]

गुल्मीको मुसिकोट नगरपालिका थामडाँडामा जीप दुर्घटना, पूर्व सांसद सहित तीन जनाको मृत्यु

गुल्मी: गुल्मीको दर्लिङबाट बुटवल तर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका- १ थामडाँडामा भएको दुघटनामा परि पूर्व सांसद रुद्रमणी भण्डारी, ओस्कर विक र कौशिला थापाको मृत्यु भएको हो । दुर्घटनामा आठ जना घाइते भएको जिल्ला प्रहरी ।कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुको […]

बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गरिन्छ: मन्त्री पण्डित

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बल प्रयोग गरेर भएपनि देशभरका अस्पताल सञ्चलान गर्ने बताएका छन् । प्रेस क्लव धनगढीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले सरकारले कसैको पनि दया माया नभनेर कडा रुपमा प्रस्तुत हुने बताभएका हुन् । कानुन अनुसार सरकारी डाक्टरलाई करवाही गर्न सुरु गरिसकेको मन्त्री पण्डितले बताए । सहमति […]

दाउरा प्रहार गरी आफ्नै दिदीको हत्या

रोल्पा: आफ्नै दिदी २२ वर्षीया कल्पना घर्तीलाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा रुन्टीगढी गाउँपालिका-३ सल्लीकोट बस्ने १९ वर्षीय लुमबहादुर घर्तीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ आपसी झै-झगडामा कल्पनालाई दाउरा प्रहार गर्दा गम्भीर घाइते घर्तीलाई मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर हुँदैन: मुख्यमन्त्री पोखरेल

काठमाडौं: प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले कसैले संघियतालाई कमजोर बनाउन प्रयास गर्दैमा संघियता कमजोर नहुने बताएका छन् । प्रदेशको योजना आयोगले प्रकाशन गरेको वस्तुस्थिती बिवरण पुस्तक बिमोचन गर्दै मुख्मन्त्री पोखरेलले संघियताका बिषयमा बिपक्षिहरुले गरेको बिरोध सतहि रहेको आरोप लगाए । प्रदेश योजना आयोगले सरकार गठन लगत्तै सरकारले प्रकाशन गरेको स्थितिपत्रलाई पुर्णता दिंदै वस्तु […]

अन्तिम श्रद्धाञ्जलिका लागि मन्त्री अधिकारीको शव पोखरामा

काठमाडौं: संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पोखरामा राखिएको छ । मन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा अन्तिम संस्कारका लागि शव काठमाडौंबाट आजै लगिएको हो । पोखरास्थित प्रदर्शनी केन्द्रमा शव अन्तिम श्रद्धान्जलीका लागि राखिएको छ । अन्तिम श्रद्धान्जलीका लागि उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल सहित नेकपा नेता कार्यकर्ताहरु अहिले पोखरामा […]