Health Ad
YouTube Link

लुम्बिनी नव नियुक्त मुख्यमन्त्री महराले आज शपथग्रहण लिँदै

Khanepani Dhal
Facebook Link

 

दाङ: लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज शपथग्रहण लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १:४५ बजे शपथग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

 

आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाएका छन् । केन्द्रीय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

बहुमत पुर्‍याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ । जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरुको विचमा लिखित सहमती भएको खुलेको थियो । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिनेसम्मको सहमति भएको छ । यसका साथै मुख्यमन्त्री बनाउन समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय दिने योजना पनि छ ।

 

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्‍याउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनीतिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ९ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ९ शनिवार ०६:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

विभिन्न क्षेत्रका व्यक्तिहरुले पाए प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:३३

काठमाडौं: प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तिहरु पुरस्कृत भएका...

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

मैले बोल्ने समय नजिक आउँदैछ, जब म बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली बन्द हुन्छ: रास्वपा सभापति रवि लामिछाने

वि.सं.२०८१ चैत ८ शुक्रवार १५:१५

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार...

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ चैत ८ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ चैत ८ शुक्रवार ०६:४८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

आज प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदका प्रश्नको जवाफ दिने

वि.सं.२०८१ चैत ७ बिहीवार १०:००

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ...