YouTube Link

अक्सिजन सिलिण्डर नेपाल सरकारले जफत

Facebook Link

काठमाडौं: अक्सिजन सिलिण्डर नेपाल सरकारले जफत गरेको छ । अटेर गरी लुकाएर राखिएका उपचार बाहेकका प्रायोजनाका लागी घर तथा विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४८४ थान अक्सिजन सिलिण्डरहरु नेपाल प्रहरीले बरामद गरेको हो ।

 

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचार बाहेकका काममा सिलिण्डर नराखिदिन आग्रह गरेको थियो ।

 

अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद गरेको छ । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको थियो ।

 

हाल सम्म उद्योग मन्त्रालयमार्फत एक हजार १३४ र नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३५० गरी जम्मा ६ हजार ४८४ अक्सिजन सिलिण्डर संकलन भएको छ । उक्त सिलिण्डर विभिन्न अस्पतालमा दिइने समितिले जनाएको छ।

 

अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिको बिहीबार बसेको बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ सय, नेपाल मेडिकल कलेजमा १५०, वीर अस्पतालमा ३ सय, किस्ट अस्पतालमा एक सय, महेन्द्र निधि अस्पतालमा ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ सय ३०, भक्तपुर अस्पतालमा एक सय र सिभिल अस्पतालमा २ सय सिलिण्डर दिने निर्णय गरेको छ ।

 

त्यस्तै, समिट अस्पतालमा ४५, काठमाडौं मेडिकल कलेजमा ४ सय, पाटन अस्पतालमा २ सय, सशस्त्र प्रहरी अस्पतालमा ३ सय, नेपाल प्रहरी अस्पतालमा २ सय, पिपुल्स डेन्टल कलेजमा १ सय, लुम्बिनी प्रादेशिक अस्पतालमा एक हजार र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा ३ सय सिलिण्डर दिने निर्णय भएको छ ।

 

यो पनि पढ्नुहोस् :

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...