YouTube Link

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङमा ‘सर्च अपरेसन’

Facebook Link

मोरङ : हिजो मंगलबार बिहान मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको खबरले द्वन्दकालिन अवस्थामा लमजुङमा शिक्षक मुक्तिनाथ अधिकारीको
बर्बर र क्रुर हत्यालाई सम्झाएको छ । शिक्षकको अपहरणपछि हत्या भएको खबरले हिजो दिनभरी सनसनी मच्चाएको थियो ।
अहिले उक्त घटनालाई लिएर प्रहरीले सर्चअभियान नै शुरु गरेको छ । तिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि प्रहरीले ‘विप्लव’ कार्यकर्ता खोजीका लागि ‘सर्च अपरेसन’ शुरु गरेको हो ।

श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिइसकेको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सीमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ‘स्थानीयमा समेत त्रासको अवस्था सिर्जना भएको बताएका छन् । गोली हानेर हत्या गरेको भनिएकोमा त्यो नभएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको र प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु गरेको बताए ।

प्रजिअ निरौलाले घटनास्थल क्षेत्रमा विगतमा पनि प्रहरी कार्यालय स्थापना गर्न स्थानीयले माग गरेकाले त्यस विषयमा पनि प्रशासन सकारात्मक भएको बताए । ‘हत्या भएको घटनालाई हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौ’, प्रजिअ निरौलाले भने, ‘भौगोलिक हिसाबले पनि ठाउँ विकट रहेकाले अनुसन्धान र खोजीको पाटोलाई सतर्कतासाथ अघि बढाइने छ ।’

हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप लगाएर बिहानै अपहरण गरिएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । शिक्षकको हत्या भएको घटनाबारे प्रहरीलाई आफन्तले जानकारी गराएपछि प्रदेश–१ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्याल्यको टोली दिउँसो घटानास्थलतर्फ लागेको थियो ।

धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले श्रेष्ठको शव फेला पारी शवको मुचुल्का उठाएको छ । स्थानीयले बिहान जंगलमा गोली चलेको आवाज सुनिएको भन्ने जानकारी प्रहरी समक्ष गराएका थिए ।

तर, प्रहरीले भने धारिलो हतियारको प्रयोगबाट प्रअ श्रेष्ठको हत्या गरेपछि फायर खोलेको हुनसक्ने अनुमान गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको हात बाँधेको र धारिलो हतियारले घाँटी रेटेको देखिएको जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्रता दिइएको जनाएको छ ।

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...