YouTube Link

शिक्षक श्रेष्ठको हत्यापछि मिक्लाजुङमा ‘सर्च अपरेसन’

World Cup 2026
Facebook Link

मोरङ : हिजो मंगलबार बिहान मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको खबरले द्वन्दकालिन अवस्थामा लमजुङमा शिक्षक मुक्तिनाथ अधिकारीको
बर्बर र क्रुर हत्यालाई सम्झाएको छ । शिक्षकको अपहरणपछि हत्या भएको खबरले हिजो दिनभरी सनसनी मच्चाएको थियो ।
अहिले उक्त घटनालाई लिएर प्रहरीले सर्चअभियान नै शुरु गरेको छ । तिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि प्रहरीले ‘विप्लव’ कार्यकर्ता खोजीका लागि ‘सर्च अपरेसन’ शुरु गरेको हो ।

श्रेष्ठको शव मंगलबार बिहान स्थानीय बर्खे जंगलमा फेला परेको थियो । हत्याको जिम्मेवारी विप्लव समूहले लिइसकेको छ । सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्दा उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सीमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ । घटना भएपछि मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले ‘स्थानीयमा समेत त्रासको अवस्था सिर्जना भएको बताएका छन् । गोली हानेर हत्या गरेको भनिएकोमा त्यो नभएर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको र प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन शुरु गरेको बताए ।

प्रजिअ निरौलाले घटनास्थल क्षेत्रमा विगतमा पनि प्रहरी कार्यालय स्थापना गर्न स्थानीयले माग गरेकाले त्यस विषयमा पनि प्रशासन सकारात्मक भएको बताए । ‘हत्या भएको घटनालाई हामीले विभिन्न कोणबाट विश्लेषण गरिरहेका छौ’, प्रजिअ निरौलाले भने, ‘भौगोलिक हिसाबले पनि ठाउँ विकट रहेकाले अनुसन्धान र खोजीको पाटोलाई सतर्कतासाथ अघि बढाइने छ ।’

हत्या गरिएका शिक्षकलाई सुराकीको आरोप लगाएर बिहानै अपहरण गरिएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । शिक्षकको हत्या भएको घटनाबारे प्रहरीलाई आफन्तले जानकारी गराएपछि प्रदेश–१ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्याल्यको टोली दिउँसो घटानास्थलतर्फ लागेको थियो ।

धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको अवस्थामा प्रहरीले श्रेष्ठको शव फेला पारी शवको मुचुल्का उठाएको छ । स्थानीयले बिहान जंगलमा गोली चलेको आवाज सुनिएको भन्ने जानकारी प्रहरी समक्ष गराएका थिए ।

तर, प्रहरीले भने धारिलो हतियारको प्रयोगबाट प्रअ श्रेष्ठको हत्या गरेपछि फायर खोलेको हुनसक्ने अनुमान गरेको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको हात बाँधेको र धारिलो हतियारले घाँटी रेटेको देखिएको जानकारी दिएका छन् । प्रहरीले घटनामा संलग्नको खोजीलाई तीव्रता दिइएको जनाएको छ ।

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुई जना नेतालाई पक्राउ गरेको थियो । प्रहरीले इलामको चुलाचुली गाउँपालिका–६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...