परिक्षण भन्दा बाहिर पहिलो पटक ९० वर्षीया महिलाले लगाइन् फाइजरको कोरोना भाइरसविरुद्धको खोप
वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:४४
1.2K
shares
एजेन्सीः बेलायतले तयार गरेको कोरोना खोप फाइजर लगाउने पहिलो व्यक्ति उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकी छन् । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको औपचारिक सुरुवात गरिएको हो ।
बेलायतले फाइजर–बायोएनटेकले उत्पादन गरेको खोपलाई औपचारिक स्वीकृत गरी देशव्यापी खोप अभियानसमेत सुरु गरेको छ । पहिलो चरणमा ८० वर्षभन्दा बढी उमेर भएका, केएर होममा कार्यरत व्यक्तिहरु तथा स्वास्थ्य जोखिम उच्च रहेका स्वास्थ्यकर्मीलाई यो खोप दिइने योजना बेलायत सरकारको छ ।
कोरोनाभाइरसबाट बेलायतमा ६१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
परीक्षणभन्दा बाहिरका व्यक्तिमा खोप पाउने उत्तरी आयरल्यान्डकी ९० वर्षीया वृद्धा उनी पहिलो भएको बिबिसीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार १७:४४




















