नेपालमा कोरोना संक्रमितको संख्या ५४,१५९ जना पुग्यो
वि.सं.२०७७ भदौ २८ आइतवार १६:५४
1.5K
shares
काठमाडौं: पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १०३९ जना सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १ सय ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा थप ११७३ जनासहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ।
नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जनासहित ३ सय ४५ जना कोरोना संक्रमिको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ भदौ २८ आइतवार १६:५४




















