निजी विद्यालयमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलबी विदा: प्याब्सन – एनप्याब्सन
वि.सं.२०७७ असार ३१ बुधवार १७:३४
1.1K
shares
काठमाडौं: निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सन बिचको संयुक्त बैठकले साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।।
उनीहरुले साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्ने लगायतका प्रशासनिक काम गर्न साथै कोभिड-१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयल आफूहरुको माग पुरा गर्नेतर्फ गम्भिर नबनेको आरोप लगाउँदै साउन १ गतेदेखि नै लागु हुनेगरि विभिन्न माध्यमबाट भईरहेको पठनपाठन बन्द गरि सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा दिने निर्णय गरेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले बताए ।
वि.सं.२०७७ असार ३१ बुधवार १७:३४




















