वीरगन्जमा नेकपा एमाले र लोसपाबीच गठबन्धन, वडा अध्यक्ष र सदस्य टुंग्याउन बाँकी

वि.सं.२०७९ वैशाख ८ बिहीवार १०:५४

विरगन्ज: वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धनको सहमति जुटेको छ ।
३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुने भएका छन् ।
सरावगी वर्तमान मेयर हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए ।
वडा अध्यक्ष र सदस्यको हकमा टुंग्याउन बाँकी छ । सत्ता गठबन्धनबाट वीरगन्ज मेयरमा जनता समाजवादी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १०:५४