YouTube Link

राप्रपा एकताः जनताको माग बढेर आएकाले एकता सम्भव

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तको एकता घोषणासभामा बोल्दै अध्यक्ष पशुपति शमशेर जवराले अहिलेको बहुमत प्राप्त सरकारले विकासको क्षेत्रमा कायापलट गर्छ भन्नेमा नेपाली जनताको आश र भरोसा थियो । तर त्यसको प्रतिकुल सरकारले दुई वर्षको अवधिमा जनताको आकांक्षा एकपछि अर्को गर्दै कुल्चिदै गएको टिप्पणी गरेका छन् ।

अध्यक्ष राणाले हालको बहुमत प्राप्त सरकारले न्यायालयलाई पार्टीको भर्ति केन्द्र बनाएर जनतालाई कानूनी शासन पाउनु भनेको ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तै भयो’, भन्दै आलोचना गरे । उनले राप्रपा पार्टी एक भएर अगाडि बढ्नुपर्छ भन्ने जनताको माग बढेर आएकाले एकता सम्भव भएको उल्लेख गरे ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले अहिलेको सरकार नेपाली जनताले मरुभूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सको दुरुपयोग गरेर आर्थिक प्रतिगमनतिर धकेल्दै त्यसको विरुद्धमा आवाज उठाउन खोज्यो भने बन्देज गरेर बोल्न नदिने प्रयास गरी राजनीतिक प्रतिगमन गरेको आरोप लगाए । नेपाली जनताको स्रोत र साधन दोहोन गरेर पार्टी, समूह र व्यक्तिलाई बलियो बनाएर शासनमा बस्छु भन्ने धारणाले सरकार प्रतिगमनतिर गएको र हिन्दु धर्मका नाममा जात, छुवाछुतको विकृति फैलिएकोले त्यसलाई निर्मुल पार्न पार्टी एकता भएको बताए ।

यसैबीच पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष कमल थापाले अहिले नीतिगत र संस्थागत भ्रष्टाचार मौलाएको बताउँदै ब्रम्हलुटमा सत्तारुढ मात्र छैन, प्रमुख मतियारको रुपमा प्रतिपक्षी नेपाली कांग्रेस पनि उत्तिकै सहभागी भएको बताए । यस्ता घटनाबाट निराश नेपाली जनाताले अब भोट हाल्ने पार्टीको रुपमा राप्रपालाई पाएको र राप्रपा परिवर्तनविरोधी शक्ति नभएको भन्दै राप्रपालाई भरोसा गर्नुहोस्, स्वोदेशमा काम नपएर विदेशमा पसिना बगाउने नेपाली जनातालाई केही वर्षभित्र नेपाल फर्काउने साथै भ्रष्टाचारमा मुछिएकालाई कानूनको कठघरमा उभ्याउन पार्टी एकता भएको उनले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...