YouTube Link

ललिता निवास जग्गा प्रकरणमा गच्छदार सहित अन्य ७४ जनालाई अदालत उपस्थित हुन १५ दिने म्याद जारी

Facebook Link

काठमाडौं: विशेष अदालतले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आदालत उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ।

सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएका गच्छदारसहित अन्य ७४ जना प्रतिवादीविरुद्ध १५ दिनभित्र अदालतमा हाजिर हुन भन्दै म्याद जारी गरिएको विशेषा अदालतले जनाएको छ ।

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ सहित कल्पना तुलाधर, शर्मिला शाक्य विरुद्ध म्याद जारी गरेको हो ।

उक्त प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ र छविराज पन्तविरुद्ध पनि म्याद जारी गरिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा गत माघ २२ गते १ सय १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचारको आरोप लागेका ११० मध्ये ४४ र जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएका ६५ मध्ये ३० जनाको नाममा म्याद जारी भएको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ का झलक फोटोमा

वि.सं.२०८३ साउन २५ सोमवार १५:१९

तीन दिनसम्म चल्ने 'तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६' मा विश्वभर...

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

वि.सं.२०८३ साउन २५ सोमवार १४:३२

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...