प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, केही समयपछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिईने
वि.सं.२०७६ फागुन २१ बुधवार १५:१६
2.8K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा आज बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण करिव ४ घन्टा लगाएर सफल शल्यक्रिया भएको संलग्न चिकित्सकहरुले बताएका छन् ।
‘प्रधानमन्त्रीको शरीरमा मिर्गौला सफलतापूर्वक प्रत्यारोपण भएको छ’, ती चिकित्सकले भने, ‘नयाँ मिर्गौलाले काम गर्न थालेको छ । प्रधानमन्त्रीले पिशाव पनि फेर्नुभएको छ ।’ उनका अनुसार नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ । उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिनेछन् ।
प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने एघारौँ व्यक्ति हुन् । प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि पहिलो पटक प्रत्यारोपणमा संलग्न हाल म्याक्स अस्पतालमा कार्यरत डा. अनन्तकुमार पनि आएका थिए । प्रधानमन्त्रीको अप्रेशन चलिरहँदा शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तक भेला भएका छन् । उनको स्वास्थ्य लाभको कामनासहित मंगलबार साँझ देशका विभिन्नश स्थानमा दीप्र प्रज्ववलन पनि गरिएको थियो ।
वि.सं.२०७६ फागुन २१ बुधवार १५:१६



















