गुल्मीको लिम्घामा कुमारी बैंकको शाखा रहित बैंकिङ सेवा
वि.सं.२०७६ फागुन २० मंगलवार १७:४५
1.1K
shares
गुल्मीः कुमारी बैंक लिमिटेडले गुल्मीको सत्यवती-४ लिम्घामा २२औं शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । सत्यवती गाउँपालिका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीले संयुक्त रुपमा शाखा रहित बैंकिङ सेवा उदघाटन गरेका थिए । शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै ग्रामिण भेगका जनताले बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
वि.सं.२०७६ फागुन २० मंगलवार १७:४५



















