YouTube Link

कोरोना संक्रमित देशबाट आउनेलाई ‘अनअराइभल भिसा’ नदिने

Facebook Link

काठमाडौं: विश्वका विभिन्न देशमा कोरोना भाइरसको जोखिम बढिरहेका बेला सङ्क्रमण देखिएका देशबाट नेपाल आउने पर्यटकलाई ‘अनअराइभल भिसा’ जारी नगर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो ।

अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको छ ।

त्यसैगरी विवाह, ब्रतबन्धलगायत सामाजिक संस्कारलाई पारिवारिक जमघटमा सीमित राख्न, सभा, सम्मेलन नगर्न, भीडभाडमा नबस्न, लामो समय बाहिर नहिँड्न, सुरक्षा मास्क तथा सम्पूर्ण पूर्वसावधानी र सतर्कता अपनाउन आम नागरिकमा सरकारले अनुरोध गरेको छ ।

विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने परिस्थिति उत्पन्न भएमा भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई नियमित गर्ने तथा काठमाडौँ उपत्यका तथा प्रदेशमा रहेका सरकारी–निजी अस्पताल, स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई ‘आइसोलेसन वार्ड’ को प्रबन्ध मिलाउन र तयारी अवस्थामा रहन सरकारले निर्देशन दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...