YouTube Link

राष्ट्रिय जनता पार्टी नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलनको घोषणा

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: टीकापुर घटनाबारे अदालतको फैसलाप्रति आपत्ति जनाउँदै राष्ट्रिय जनता पार्टी राजपा नेपालले सकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अदालतको फैसालाविरुद्ध विद्रोह गर्ने निर्णय गरेको हो । राजपाका नेताहरुले राजनीतिक मुद्धामा गलत नजिक स्थापना भएको भन्दै अदालतको फैसालाप्रति आपत्ति जनाएका छन् ।

७ भदौ २०७२ मा थरुहट आन्दोलन हुँदा टीकापुर घटनामा स‌ंलग्न रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएसँगै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको थियो । केही समय अघि मात्र राजपाको दवावमा सरकारले चौधरीलाई सांसदको शपथ गराएको थियो ।

बैठकपछि राजपाको जारी विज्ञप्तिमा भनिएको छ, ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ । त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकोले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।’

त्यसैगरी शोषण, उत्पीडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपाल आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...