सामाजिक सञ्जाल फेसबुकमा २७ करोड फेक आइडी
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१५
1.2K
shares
सामाजिक सञ्जाल फेसबुकमा २७ करोड फेक आइडीएजेन्सीः सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ । फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो ।
रिर्पोटमा ३१ डिसेम्वर २०१९ सम्ममा फेसबुकको मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या २ अर्ब ५० करोड रहेका छन । यो सन २०१८ को अन्तिम महिनाको तुलनामा ८ प्रतिशतले बढी हो । जसमा २७ करोड ५ लाख भन्दा बढि फेक आइडी नै भएको उसले जनाएको छ । रिर्पोटले २०१९ को अन्तिम त्रैमासिकमा नक्कली वा एकै व्यक्तिको दोहोरो अकाउन्टको अनुपात मासिक एक्टिभ प्रयोगकर्ताहरुको संख्या लगभग ११ प्रतिशत रहेको बताईएको छ ।
त्यस्तै फेसबुकले यस्ता एकाउन्टहरु धेरै बिकसित बजारहरुभन्दा बिकासशिल रहेका बजारहरु इन्डोनेशिया र फिलिपिन्स जस्ता मुलुकहरुमा बढि रहेको बताएको छ । फेसबुकले यस्ता अकाउन्टलाई प्रयोगकर्ताले आफुले धेरै चलाउने अकाउन्टको विकल्पको रुपमा राख्ने गरेको पनि जनाएको छ ।
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१५



















