YouTube Link

आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतको विजयी सुरुवात

Facebook Link

एजेन्सीः आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । शुक्रबार घरेलु टिम अष्ट्रेलियालाई १७ रनले पराजित गर्दै भारतले सुखद सुरुवात गरेको हो । सिड्नी शोग्राउण्ड स्टेडियममा भारतले दिएको १ सय ३३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटियो ।

अष्ट्रेलियाका एल्स्या हेलीले ५२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकिनन् । हेलीले ३५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ रन बनाएर आउट भइन् । यस्तै अष्ट्रेलियाकी एश्लेग गार्ड्नेरले ३४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । भारतको जितमा पुनम यादबले ४ विकेट लिइन् । यस्तै शिखा पाण्डेले ३ विकेट हात पारिन् ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ३२ रन बनाएको थियो । उसका दिप्ती सहरमाले ४९ रनको ऐजित पाली खेलिन् । यस्तै शफाली बर्माले २९ जेमिमा रोड्रिगिउजले२६ रन को योगदान गरिन् । अष्ट्रेलियाको लागि जेस जोनासेनले २ एल्स्या पेरी र डेलिस्सा किम्मिंसले समान १/१ विकेट हात पारिन् । जितसँगै समूह ‘ए’ को भारतले महत्वपूर्ण २ अंक जोडेको छ । विश्वकप अन्तर्गत शनिबार दुई खेल हुनेछ । पहिलो खेलमा थाइल्याण्डले वेष्ट इण्डिजको सामना गर्ने छ भने दोस्रो खेलमा न्युजिल्याण्ड र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...