YouTube Link

अमेरिका र तालिवानबीच अफगानिस्तानमा हिंसा कम गर्ने सहमति कार्यान्वयनमा आयो

Facebook Link

एजेनसीः अमेरिका र तालिवानबीच अफगानिस्तानमा हिंसा कम गर्ने विषयमा भएको सहमति कार्यान्वयनमा आएको छ । गत हप्ता म्युनिख सुरक्षा सम्मेलनका क्रममा दुवै पक्षले हिंसा अन्त्यका लागि सात दिने सहमति गरेका थिए । सहमति अनुसार अमेरिका र तालिवान दुवै पक्षले अफगानिस्तानमा सात दिनसम्म कुनै पनि हिंसाका घटना गर्ने छैनन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सहमति दीर्घकालीन शान्तिका लागि महत्वपूर्ण कदम भएको बताए । तालिवानका वार्ताकारले सहमतिले शान्ति सम्झौताका लागि उपयुक्त वातावरण बनाउने भन्दै मुलुकबाट सबै विदेशी सेना फिर्तीका लागि यस आधार तयार पार्ने विश्वास लिएका छन् । यो सहमति सफल भए दुवै पक्षले दुई दशक लामो संघर्ष अन्त्यका लागि पहिलो चरणको सम्झौता गर्ने छन् ।

सन् २०१९ मा अमेरिका र तालिवान शान्ति सम्झौता नजिक पुगेका थिए । तर अफगान सरकारले सहमतिमा आपत्ति जनाउंदै शर्तसहित युद्धविराम गर्ने जनाएको छ । अमेरिकाले तालिवानसँग शान्ति सम्झौताको लागि पटक-पटक प्रयास गर्दै आएपनि सफल हुन सकेको छैन । सन् २००१ बाट तालिवानविरुद्ध शुरु गरेको अमेरिकी कारवाहीका क्रममा करोडौं डलर खर्च भैसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...