मनाङ र एनआरटी आज प्रतिष्पर्धा गर्दै, मनाङलाई जित्नै पर्ने दबाब
वि.सं.२०७६ माघ २६ आइतवार १०:१४
1.2K
shares
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज एउटा मात्र खेल हुँदैछ । मनाङ मर्स्याङ्दी र न्यूरोड टिम एनआरटीबीचको खेल एन्फा कम्प्लेक्स मैदानमा दिउँसो एक बजे हुनेछ । यो खेल शनिबारका लागि हल्चोकमा तय भएको थियो । तर, हल्चोक मैदानमा खेल्न क्लब नमानेपछि यो खेल सातदोबाटोमा सारिएको हो ।
उपाधि होडमा कायम रहनका लागि मनाङलाई आजको खेल जित्ने पर्ने दबाब छ । उपाधि रक्षाको अभियानमा रहेको मनाङ एनआरटीलाई हराएर तेस्रो स्थानमा उक्लिन चाहन्छ । मनाङले १० खेलमा पाँच जित, चार बराबरी र एक हारको नतिजा निकाल्दै १९ अंक बनाएको छ । आजको खेलमा पराजय वा बराबरी भएको खण्डमा मनाङ मस्र्याङ्दी उपाधि होडबाट आधिकारिक रुपमा बाहिरिनेछ । छैटौं स्थानमा रहेको एनआरटीलाई भने सुपर सिक्समा कायम रहनका लागि मनाङलाई हराउनु जरुरी छ । यो जितपछि पनि मनाङ आर्मीभन्दा चार अंकले पछि रहनेछ ।
वि.सं.२०७६ माघ २६ आइतवार १०:१४




















