YouTube Link

नेकपा केन्द्रीय कमिटीको बैठकमा आज अध्यक्षद्वय र महासचिवले जवाफ दिने कार्यसूची, सचिवालय बैठक पनि आजै बस्दै

Facebook Link

काठमाडौं: सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्षद्वय र महासचिवले जवाफ दिने कार्यसूची तय भएको छ । चार दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक विषयमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको आज सचिवालयका सम्बन्धित सदस्यले जवाफ दिने कार्यसूची रहेको छ ।

दिउँसो १ बजे राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुने छ । बुधबारदिख सुरु भएको नेकपा बैठकमा ४ सय ४१ जना केन्द्रीय सदस्यले विभिन्न १५ वटा समूह बनाई छलफल गरेका थिए । छलफलपछि निष्कर्षका क्रममा अधिकांश टोली नेताले पार्टी र सरकारलाई सुशासन कायम राख्न, भ्रष्टाचारीलाई कडा कारबाही गर्न तथा जनअपेक्षा अनुसारका काम गर्न सुझाव दिएका छन् ।

त्यस्तै संसदबाट पारित गराउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे पनि व्यापक छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसीको विरोध गरेका छन् । एमसीसीबारे बोल्ने नेताहरुले आर्थिक सहयोग नलिइ नहुने हो भने नेपालको संविधान र कानुन विपरित रहेका सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । त्यस्तै आजै नेकपा सचिवालय बैठक पनि बस्दै छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...