YouTube Link

भारतमै एसेम्बल हुँदै टोयोटा विलासी ब्रान्डका लेक्ससका कार

Facebook Link

काठमाडौं: जापानी कार उत्पादक कम्पनी टोयोटाको विलासी ब्रान्ड लेक्ससका कार भारतमै एसेम्बल हुने भएको छ । भारतीय विलासी कार बजारको ‘स्पेस’लाई उपयोग गर्ने लक्ष्यसहित लेक्ससको एसेम्बल प्लान्ट स्थापना गर्न लागेको हो ।

लेक्ससले भारतमा एसेम्बल प्लान्ट स्थापनाका लागि १ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ । लेक्ससले जर्मन विलासी कार मर्सिडिज, बिएमडब्लू, अउडीलगायतसँग प्रतिस्पर्धा गर्नेछ । लेक्ससले भारतको बैंगलोरमा प्लान्ट सेटअप गरिसकेको छ । उक्त एसेम्बली प्लान्टबाट सुरुमा लेक्ससको इएस सेडान कार उत्पादन हुनेछ । त्यस्तै एसेम्बलको पाइपलाइनमा रहेको अर्को कार हो एनएक्स एसयुभी । हाल भारतीय बजारमा लेक्ससका आधा दर्जन मोडल बिक्री हुँदै आएका छन् । यी कारको मूल्य ५८.२ लाखदेखि २ करोड ३२ लाख भारुसम्म रहेको छ ।

हाल भारतमा लेक्ससको डिलर नेटवर्क समेत न्यून छ । मुम्बई, दिल्ली, गुणगाउँ र बैंगलोरमा मात्र डिलर रहेको छ । भारतीय प्लान्टबाट सवारी उत्पादन हुन थालेपछि डिलरसमेत विस्तार हुने कम्पनीले जनाएको छ । लेक्ससका कार नेपाली बजारमा समेत उपलब्ध छन् । टोयोटाको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नै लेक्ससका सवारी उपलब्ध गराउँदै आएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...