स्पेनिस ला लिगामा रियल मड्रिडको कठिन जित
वि.सं.२०७६ माघ १९ आइतवार ०९:००
1.2K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडमाथि रियलले १-० गोलको साँघुरो जित निकालेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमाले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा बेन्जिमाले गोल गरेका थिए । जितसँगै शीर्ष स्थानको रियलले २२ खेलमा ४९ अंक जोडेको छ । जितपछि रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ६ अंकले अघि रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ । पाँचौं स्थानको एट्लेटिकोले ३६ अंक जोडेको छ ।अर्को खेलमा ग्रानडाले स्पानियोललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
वि.सं.२०७६ माघ १९ आइतवार ०९:००



















