YouTube Link

यो वर्ष उत्कृष्ट क्रिकेटर बने सन्दीप लामिछाने र सीता राना मगर, रोहित पौडेल उदेयमान खेलाडी

Facebook Link

काठमाडौं: यो वर्षको उत्कृष्ट क्रिकेट खेलाडी नेपाली राष्ट्रिय पुरुष टोलीका सन्दीप लामिछाने र महिला टिमकी सीता राना मगर घोषित भएका छन् ।

क्रिकेट खेलाडी संघ सिप्यानले आयोजना गरेको एनसीसीएस- सिप्यान क्रिकेट अवार्ड समारोहमा दुई देलाडीलाई उत्कृष्ट घोषित गरिएको हो । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार र सीताले ६६ हजार रुपैयाँ नगद पुरस्कार पनि पाए । यस्तै वर्षको उदेयमान खेलाडीको अवार्ड रोहित कुमार पौडेलले जितेका छन् ।

नेपाललाई बी डिभिजनमा जिताउने करन केसीको इनिङ मोमेन्ट अफ द इयर घोषित भयो । नेपाली फुटबल र क्रिकेट दुवैमा योगदान दिएका कोमलबहादुर पान्डेलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिएको छ । पुरुष उत्कृष्ट अवार्डमा सन्दिपले कप्तान पारस खड्का, दिपेन्द सिंह ऐरी, करन केसी, सोमपाल कामीलाई पछि पारेका थिए । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगहरुमा व्यस्त सन्दीप नेपालमा नरहेका कारण उनको अवार्ड कप्तान पारस खड्काले ग्रहण गरिदिए ।

बर्षको उत्कृष्ट महिला क्रिकेटर बन्न सिता रानामगरले इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री र सरिता मगरलाई पछि पारीन् । हालै थाइल्याण्डमा भएको आइसीसी टी-२० महिला विश्वकप छनोटमा सिताको उत्कृष्ट प्रर्दशन गर्दै १ सय ३८ रन बनाएकी थिइन् । उत्कृष्ट उदयमान खेलाडी बन्नको लागि रोहितकुमार पौडेलले ललित राजवंशी, अभिनाश बोहरा, कविता कुवँर, सन्दिप जोरालाई पछि पारे । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ हात पारेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...