Texas College
YouTube Link

नाफामा वृद्धि गर्दै एभरेष्ट बैङ्कले कमायो डेढ अर्ब

Facebook Link

काठमाडौं: एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा डेढ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको नाफाको अवस्थामा सामान्य वृद्धि गर्दै एभरेष्टले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो । अघिल्लो वर्ष बैङ्कले १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले पुस मसान्तसम्ममा १४१ अर्ब १९ करोड निक्षेप संकलन गरी ११४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । निक्षेप र कर्जाको यो आकार अघिल्लो वर्षको तुलनामा १२ र १० अर्बले बढी हो । अघिल्लो वर्षको सोही समयमा निक्षेप १२९ अर्ब ५६ करोड र कर्जा १०४ अर्ब ६४ करोड रुपैयाँ थियो । पुस मसान्तसम्म बैङ्कको जगेडा कोष ७ अर्ब २६ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा ३१ करोड रुपैयाँले बढी हो । यो वर्ष ५ प्रतिशत मात्रै बोनस शेयर जारी गरेको बैङ्कले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४१ करोडले बढाएर ८ अर्ब ५१ करोड रुपैयाँ पुर्याउँदा अघिल्लो वर्षको नबाँडिएको नाफा १ अर्ब ५६ करोड रुपैयाँ रहेको देखिएको छ ।

एभरेष्ट बैङ्कले अघिल्लो वर्षको तुलनामा ब्याज आम्दानी र ब्याज खर्च दुवैमा उल्लेख्य वृद्धि गरेको छ । ब्याज आम्दानी ६ अर्ब २० करोडबाट बढेर ७ अर्ब १७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ३५ करोडबाट ४ अर्ब २६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । कर्मचारी खर्च भने ८० करोडबाट बढेर ८८ करोड र अन्य सञ्चालन खर्च करिब ३० करोडबाट ३८ करोड रुपैयाँ पुगेको देखिएको छ ।

पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १२.३३ प्रतिशत छ यो तुलनात्मक रुपमा कसिलो अनुपात हो, बैङ्कले ५ प्रतिशत मात्र बोनस शेयर जारी गर्दा । निष्क्रिय कर्जा अनुपातलाई ०.१९ प्रतिशतबाट ०.१६ प्रतिशतमा झार्न सफल भएको छ । अत्यन्त न्युन बैङ्कको यो वर्ष कस्ट अफ फण्ड केही घट्दा त्यसको सकारात्मक असर बेसरेटमा देखिएको छ । पुस मसान्तसम्म यो बैङ्कको कस्ट अफ फण्ड ६.४४ प्रतिशत र बेसरेट ८.४६ प्रतिशत छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...