अनिश्चितकालका लागि पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३४
1.1K
shares
एजेन्सीः पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवत-जावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’रूपमा बन्द गरेको हो ।
‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवत-जावत गर्न नमिल्ने गरी बन्द गरिएको बताइन् । अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुने बताईएको छ ।
नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो संख्यामा आमनागरिक तथा सवारी-साधनहरु अलपत्र परेको बताईएको छ । अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुकाबीचमा कुराकानी भइरहेको जानकारी दिए । उनीहरुले नाका पुनः खुला गर्नेबारेमा पनि कुरा गरेको खोग्यानीको भनाइ छ ।।
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३४



















