आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदै, सरस्वती मन्दिरमा दर्शन गर्नेको घुइँचो
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३१
1.9K
shares
काठमाडौं: आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदै छ । बसन्त पञ्चमीलाई श्री पञ्चमी वा सरस्वती पूजा समेत भन्ने गरिन्छ । आजकै दिन बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने वा अक्षर चिनाउन सिकाउने चलन समेत छ ।
संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा ज्ञान खुल्ने जनविश्वास रहँदै आएको छ । आजभोलि हरेक विद्यालयमा विद्यार्थीहरुले सामूहिक सरस्वती पूजा गर्ने चलन बढ्दै गएको छ । देवी सरस्वतीलाई नैवेद्यकारुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।
सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । काठमाडौं उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको घुइँचो लागेको छ ।
वि.सं.२०७६ माघ १६ बिहीवार ०७:३१



















