YouTube Link

क्रिकेट खेलाडी संघ नेपालको आयोजनामा ‘एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड’ हुँदै

Facebook Link

काठमाडौं: क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ आज हुँदैछ ।

आज अपरान्ह हुने कार्यक्रममा पाँच विधामा अवार्ड प्रदान गरिने छ । पहिलो संस्करणको अवार्डमा बर्ष पुरुष क्रिकेट खेलाडी, बर्ष महिला क्रिकेट खेलाडी,उदयमान क्रिकेट खेलाडी, बर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गरिने छ ।

सिप्यानले चार विधाका लागि मनोनयमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो । बर्ष पुरुष क्रिकेट खेलाडी अवार्डका लागि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।

यस्तै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी,सरिता मगर र सिता राना मगर मनोनयनमा परेकी छिन् । उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् । यस्तै बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची सार्वजनिक गरिसकेको छ ।

सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड भने मनोनयनबिना एक जनालाई प्रदान गर्नेछ । बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसँगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...