स्पेनिस ला लिगामा सेभियालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७६ माघ ५ आइतवार ०७:५७
1.2K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा रियलको जितमा कासिमिरोले दुई गोल गरे । सेभियाका लुक डी जोङले एक गोल फर्काए ।
सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो । ६४ औं मिनेटमा जोङले गोल गर्दै सेभियालाई १-१ को बराबरीमा ल्याए । तर, खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै शीर्ष स्थानको रियलले २० खेलबाट ४३ अंक जोडेको छ । रियलले दोस्रो स्थानको बार्सिलोनालाई ३ अंकले पछि पारेको छ । बार्सिलोनाको १९ खेलमा ४० अंक रहेको छ । सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
वि.सं.२०७६ माघ ५ आइतवार ०७:५७



















