YouTube Link

नेकपाले लगायो सभामुखको टुङ्गो, अग्नि सापकोटालाई उम्मेद्वार बनाउने निर्णय, उपसभामुख तुम्बाहाम्फेको राजीनामा आज

World Cup 2026
Facebook Link

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

झण्डै एकमहिना लामो आन्तरिक किचलो र उल्झनकाबीच पार्टीका स्थायी कमिटि सदस्य समेत रहेका सापकोटालाई नेकपाले सभामुख बनाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छ । अर्का अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङलाई बनाउनुपर्ने अडान लिएपनि शक्ति सन्तुलनका लागि पूर्व माओवादीबाट सभामुख बनाइनुपर्ने अध्यक्ष दाहालको अडान थियो । ओली र दाहालको यहि अडाका कारण एक महिनासम्म नेकपा भित्र सभामुखको विषय किचलोको रुपमा बन्दै आएको थियो ।

नेकपा अनिर्णयको बन्दी बन्दा संसद बैठक नै ३ पटक स्थगित भयो । दाहाललाई गलाउने रणनीतिका साथ सभामुखको अडान कसेका ओली अन्तत आफै गले र दाहालले अघि सारेका अग्नी सापकोटा अवको सभामुख बन्ने निश्चित भएको छ । सभामुखको टुंगो लागेपछि मात्र राजीनामा दिने बताउदै आएकी उपसभामुख शिभमाया तुम्वाहाम्फेले सोमवार बैठक बस्नुअघि राजीनामा दिनेछिन् भने बैठक संसदका जेष्ठ सदस्य राजपा नेता महन्त ठाकुरको अध्यक्षतामा शुरु हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...