म्यान्चेष्टर युनाईटेड एफ ए कप फुटबलको चौथो चरणमा प्रवेश
वि.सं.२०७६ माघ २ बिहीवार ०७:५७
1.6K
shares
एजेन्सीः म्यान्चेष्टर युनाईटेड एफ ए फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर युनाईटेडले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडको जितमा ६७ औ मिनेटमा माटाले विजयी गोल गरेका थिए ।
ओल्डट्राफोर्डमा भएको खेलमा युनाईटेडले राम्रो प्रर्दशन गरेको थियो । खेलमा युनाईटेडले गोलका धेरै अवसर सिर्जना गरेको थियो । जितसँगै युनाईटेड अब चौथो चरणमा वाटफोर्ड वा ट्रेन्मेयरसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार हुने खेल ठुलो बर्षाका कारण स्थगित भएको थियो ।
वि.सं.२०७६ माघ २ बिहीवार ०७:५७



















