सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल, पुलिस र एनआरटी तथा च्यासल र एपीएफबीच प्रतिस्पर्धा
वि.सं.२०७६ पुस २८ सोमवार ०८:५५
1.5K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुदैछन् । पहिलो खेलमा पुलिस र एनआरटी तथा दोस्रो खेलमा च्यासल र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । लिगको छैठौ स्थानको नेपाल पुलिस क्लब र नवौं स्थानको न्यूरोड टिम एनआरटी आमुने सामुने हुदैछन् ।
दुबै टिमले लिगमा दुई–दुई खेल जितेका छन् । पुलिसले दुई खेलमा जित, दुईमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ । गत सिजन पुछारमा रहेर ऋण अंक सहित सिजनको सुरुवात गरेको एनआरटीले दुई खेलमा जित, एकमा बराबरी र दुईमा हार ब्यहोरेको छ । पुलिसले आज हुने पहिलो खेलमा एनआरटीलाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । एनआरटी पनि पुलिसलाई पराजित गर्दै छैठौं स्थानमा उक्लन चाहन्छ । दुवै टिमलाई जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसरमा हुनेछन् ।
त्यसैगरी लिगको दोस्रो खेलमा विभागीय क्लब एपीएफ र च्यासस युथ भिड्दैछन् । च्यासलले लिगमा बलियो टिम बनाएपनि नतिजा दिन सकेको छैन । लिगको छैठौ खेलमा दुबै टिम दोस्रो जित निकाल्न चाहन्छन् । यसअघि दुबै टिमले एक-एक जित हात पारेका छन् । एक खेलमा जित, दुईमा बराबरी र दुईमा हार ब्यहोरेको च्यासल तालिकका नवौं स्थानमा छ । एपीएफ एक जित, एक बराबरी र तीन हारका साथ १२ औं स्थानमा छ ।
वि.सं.२०७६ पुस २८ सोमवार ०८:५५



















