अस्ट्रेलियामा डढेलो, अग्निनियन्त्रकको मृत्यु
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:४९
2.7K
shares
एजेन्सी: अस्ट्रेलियामा फैलिएको डढेलो नियन्त्रणका लागि खटिएका स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको छ । न्यू साउथ वेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा खटिएका एक स्वयमसेवी अग्निनियन्त्रकको आइतबार मृत्यु भएको न्यू साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण सेवा (आरएफएस) ले बताएको छ ।
शक्तिशाली हावा चलेका कारण अप्रत्यासित रुपमा ती अग्निनियन्त्रक डढेलोमा परेको आरएफएसले जनाएको छ । ट्रकका चालक सामान्य घाइते भएका छन् । अप्रत्याशित रुपमा आएको तीव्र गतिको हावाले उनीहरु रहेको १० टनको ट्रक पल्टाएको थियो । गएको सेप्टेम्बरमा अस्ट्रेलियामा डढेलोको समस्या शुरु भएयता १० जनाको मृत्यु भएको छ । डिसेम्बरको सुरुमा सिड्नी निजिकै डढेलो निभाउन खटिएका दुई स्वयमसेवी अग्निनियन्त्रकको मृत्यु भएको थियो ।
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:४९



















