सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:३४
1.5K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । चौथो चरणको खेल अन्तर्गतको दोस्रो दिन आज च्यासल र जावलाखेल तथा हिमायलन शेर्पा र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
पहिलो खेलमा च्यासल र जावलाखेल तथा दोस्रो खेलमा हिमालयन शेर्पा र ब्रिगेडबीच प्रतिष्पर्धा हुनेछ । लिगमा तीन खेलबाट च्यासलले एक जित, एक बराबर र एक हारबाट ४ अंक जोडेको छ । लिगमा अपराजित रहेको जावलाखेलको ५ अंक छ । यस्तै शेर्पा क्लब दुई बराबर र एक हार सहित २ अंक जोडेको छ । ब्रिगेड एक जित र दुई हार सहित ३ अंक जोडेर तालिकाको दशौं स्थानमा छ ।
लिग च्याम्पियन हुने लक्ष्य बनाएको च्यासललाई अपराजित जावलाखेलले कडा चुनौतीका साथ मैदानमा उत्रने छ । लिग जित्ने लक्ष्य बनाएको च्यासललाई लिगको उपाधि होडमा फर्कन जित आवश्यक छ ।
वि.सं.२०७६ पुस १५ मंगलवार ०७:३४



















