YouTube Link

अमेरिकाको चर्चमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु

Facebook Link

एजेन्सी: अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा समेत लाइभ भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएका हुन् । टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो ।

चर्चमा करिब २ सय ८० जना मानिसहरु प्रार्थना गरिरहेका बेला सो गोलीकाण्डमा जनधनको क्षतिबारे अहिलेसम्म एकीन जानकारी सार्वजनिक भइसकेको छैन । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार गोली चलाउन थालेको ६ सेकेण्डभित्रै चर्चका सुरक्षागार्डहरुले आक्रमणकारीमाथि गोली चलाएका थिए । बन्दुकधारीलाई गोली हानेर मारिदिने चर्चका सुरक्षाकर्मीहरुको प्रशंसा गरिएको छ । आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...