YouTube Link

ट्रम्प-किम वार्ता निष्कर्षविहीन

Facebook Link

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर वार्ता बिना कुनै निष्कर्ष सकिएको छ ।

उत्तर कोरियाले आफूमाथि लगाइँदै आएको प्रतिबन्ध हटाउन राखेको माग अमेरिकाले अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको हो । वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अमेरिकी राष्ट्रपतिले भने, ‘उनीहरु आफूहरुमाथि लगाइएका सबै प्रतिबन्ध फुकुवा होस् भन्ने चाहन्थे । हामी त्यसो गर्न सक्दैनौँ ।’

यस वार्तापछि दुवै पक्षले परमाणु निःशस्त्रीकरणमा भइरहेको प्रगतिबारे जानकारी दिने अपेक्षा गरिएको थियो । भियतनामको हानोईमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले तेस्रो सम्मेलनका लागि कुनै योजना तयार नभएको बताए ।

ह्वाइट हाउसले दुई नेताको वार्तापछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने र लञ्चको कार्यक्रम तय गरेको थियो तर वार्ता निष्कर्षविहीन बनेपछि दुवै कार्यक्रम रद्द गरिएको थियो । ट्रम्पका अनुसार किमले आफ्नो परमाणु कार्यक्रमको केन्द्र मानिने योङब्योन कम्प्लेक्सलाई भत्काउने प्रस्ताव अघि सारेको थियो ।

तर, बदलामा उनले आफूमाथि लगाइएका सबै प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग अघि सारेका थिए । यसका लागि अमेरिका तयार भएन । योङब्योनलाई उत्तर कोरियाको प्लुटोनियमको एक मात्र स्रोत मानिन्छ । तर, देशमा यस्ता अन्य दुई स्थान रहेको अनुमान छ । पत्रकार सम्मेलनमा यसतर्फ संकेत गर्दै ट्रम्पले किमले आफूलाई योङब्योनमात्र नष्ट गर्ने तर उत्तर कोरियाको सबै परमाणु कार्यक्रम स्थल नष्ट गर्ने प्रतिबद्धता नजनाएको बताएका थिए ।

के यो ट्रम्पका लागि धक्का हो ?

सन् २०१८ को जुनमा सिंगापुरमा आयोजित पहिलो शिखर सम्मेलनले ठोस निर्णय र प्रगति गर्न नसकेको भन्दै आलोचना भएको थियो । त्यही भएर दुई नेताबीचको दोस्रो भेटमा परमाणु निःशस्त्रीकरणबारे ठोस विषयमा सहमति हुने अपेक्षा गरिएको थियो । यो वार्ता असफल भएपछि यो ट्रम्पका लागि ठूलो धक्का भएको विश्लेषकहरुको भनाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...