YouTube Link

अकल्पनीय दुर्घटना रोक्न ध्यान दिनुपर्छ

Facebook Link

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाले सम्पूर्ण मुलुक शोकमग्न भएको छ । दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत सात जनाको निधन भएको छ ।

मौसम प्रतिकूल भएकाले काठमाडौं आउन नसक्ने जानकारी दुर्घटना हुनुभन्दा पहिले हेलिकप्टर चालकले त्रिभुवन विमानस्थलको एअर ट्राफिकलाई दिएको समाचार सार्वजनिक भएको छ । आयोगले यस विषयमा पनि पक्कै छानबिन गर्ने नै छ । आयन्दा यस्ता अकल्पनीय दुर्घटना रोक्न ध्यान दिनुपर्छ ।

मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहित गएका थिए । त्यहाँको कार्यक्रम सकेर फर्कने क्रममा ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न मन्त्री अधिकारीको टोली हेलिकप्टर लिएर पुग्यो । त्यहाँबाट काठमाडौं आउन लाग्दा हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थान निकै विकट भएकाले मृतकहरूको शव खोज्न समेत निकै कठिन भएको थियो ।

विसं २०६३ को असोज ७ गत ताप्लेजुङकै गुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा तत्कालीन वन मन्त्री गोपाल राईको पनि मृत्यु भएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी चडेको हेलिकप्टर पनि २०५१ सालमा दुर्घटनामा परेको थियो ।

यद्यपि, त्यस दुर्घटनामा चालकको कुशलताले कसैको पनि ज्यान गएन । दुर्घटनाको मूल कारण प्रतिकूल मौसम नै हुनसक्छ । सरकारले दुर्घटनाको छानबिनका लागि आयोग गठन गरिसकेको छ । त्यस आयोगले दुर्घटनाको यथार्थ कारण पहिल्याउने नै छ । समान प्रकृतिका दुर्घटना दोहोरिनु भने हाम्रो हवाइ उडान सुरक्षामा पो कमीकमजोरी रहेको वा उडान सुरक्षालाई महत्व नदिइएको दृष्टान्त हो । यसैले आयोगले दुर्घटनाका कारण खोज्नुका साथै आयन्दा यस्ता प्रकृतिका दुर्घटना दोहोरिन नदिने उपायहरू पनि पहिचान गर्न सक्नुपर्छ ।

सामान्य जनताको सुरक्षामा पनि राज्यले उत्तिकै ध्यान दिनुपर्छ तर विशिष्ट व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिने गरिन्छ । कतिपय अवस्थामा विशिष्ट व्यक्तिलाई सुरक्षाकै कारण चाहेका ठाउँमा जानबाट सुरक्षाकर्मीले रोक्ने गरेका छन् । तर, कतिपय विशिष्ट व्यक्ति स्वयं नै सुरक्षा व्यवस्थालाई उति महत्व नदिने प्रकृतिका हुन्छन् ।

मौसम प्रतिकूल भएकाले काठमाडौं आउन नसक्ने जानकारी दुर्घटना हुनुभन्दा पहिले हेलिकप्टर चालकले त्रिभुवन विमानस्थलको एअर ट्राफिकलाई दिएको समाचार सार्वजनिक भएको छ । आयोगले यस विषयमा पनि पक्कै छानबिन गर्ने नै छ । आयन्दा यस्ता अकल्पनीय दुर्घटना रोक्न ध्यान दिनुपर्छ । मन्त्री अधिकारीलगायत उनको टोलीका सबै दिवंगत व्यक्तिहरूलाई भावपूर्ण श्रद्धाञ्जली !

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...