YouTube Link

नेकपा स्थायी समितिको बैठक आज बस्दै

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सत्तारूढ नेकपा स्थायी समिति बैठक आज बस्दै छ । पार्टी विधान अनुसार स्थायी समिति बैठक तीन-तीन महिनामा बस्नुपर्नेमा यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदन अनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो । स्थायी समिति अगाडि सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ ।

मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो । मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिएपनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो । अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।

एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ । स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन् ।

नेकपाले काठमाडौं उपत्यकामा १ सय ५१ सदस्यीय गैरभौगोलिक विशेष प्रदेश किमिटी गठन गर्दैछ । स्थायी समिति सदस्य लीलामणि पोखरेल इन्चार्ज, भानुभक्त ढकाल र अरुण नेपाल सहइन्चार्ज, राजन भट्टराई अध्यक्ष र लेखनाथ न्यौपाने सचिव रहेको पदाधिकारी चयन यसअघि नै गरिसकेको छ । विशेष प्रदेश कमिटीमा रहने नेताहरुको नाम शनिबार अध्यक्ष राजन भट्टराईले महासचिव विष्णु पौडेललाई बुझाउनुभएको हो । तत्कालीन एमाले तर्फका ८५ र माओवादी केन्द्र तर्फका ६६ जना नेता रहेको कमिटीको नाम बुझाइएको छ । सचिवालय बैठकले कमिटीमा रहने नेताहरूको नाममा निर्णय लिएपछि यो निर्णय सार्वजनिक हुनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...