YouTube Link

पञ्चेश्वरको ‘डिपिआर’ बनाउन नेपाल भारतका विज्ञहरुको बैठक आज बस्दै, बैठक भोलिसम्म सञ्चालन हुने

Facebook Link

काठमाडौं: पञ्चेश्वर बहुउद्देशीय आयोजनाको विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार पार्न नेपाल भारतका विज्ञहरुको तेस्रो बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

बैठकमा नेपालका तर्फबाट उर्जा, जलस्रोत तथा सिँचाइ सचिव नेतृत्वको टोली सहभागी हुनेछ । दुई दिनसम्म चल्ने बैठकले पञ्चेश्वर बहुद्देशीय आयोजनाको डिपिआरलाई अन्तिम रुप दिने विषयमा छलफल केन्द्रित हुने बताईएको छ ।

आजबाट शुरु हुने बैठकले डिपिआरलाई अन्तिम रुप दिन नेपाल र भारतबीच सहमति हुन नसकेका १ सय ३० विषयलाई टुंग्याउने विषयमा केन्द्रीत हुने बताईएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, उर्जामन्त्रालयका सचिव तथा अन्य कर्मचारीलाई बोलाएर पञ्चेश्वरको डिपिआर नेपालीलाई हित हुने पक्षमा बनाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालको दोधारा चाँदनी सिँचाईका लागि भारतले १० घनमिटर प्रतिसेकेण्ड अर्थात् ३ सय ५० क्यूसेक पानी उपलब्धध गराउने सहमति जनाएकोमा त्यसलाई यथासम्भव छिटो कार्यान्वयन गराउन पहल गर्न पनि निर्देशन दिनुभएको छ । दुई देशका विज्ञहरुको बैठक भोलिसम्म सञ्चालन हुनेछ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...