YouTube Link

च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न टोलीको टुंगो लाग्यो

Facebook Link

एजेन्सीः क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो । नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरको हुँदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्य अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन् ।

यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ । समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केहि ठूला टोली समूह उपविजेताको रुपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ । यस सिजनमा प्राय सबै ठुला क्लबले नकआउट चरणमा स्थान बनाएका छन् । साविक विजेता लिभरपुलसहित सर्वाधिक सफल क्लब रियल मड्रिड लगायतले नकआउट चरणमा स्थान बनाएका छन् । च्याम्पियन्स लिगको नकआउट चरणमा इन्ग्लिश प्रिमियर लिग र स्पेनिस ला लिगा खेल्ने क्लबको वर्चश्व रहेको छ ।

इंग्ल्याण्डबाट र स्पेनबाट समान चार चार टिम नकआउट चरणमा पुगेका छन् । इंग्ल्याण्डबाट लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी र टोटेनहमले नकआउट चरणमा स्थान बनाएका छन् । यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड, भ्यालेन्सिया र एट्लेटिको मड्रिडले अन्तिम १६ को यात्रा तय गरेका छन् । यस्तै इटालीबाट युभेन्ट्स, नापोली, एट्लान्टा, जर्मनबाट वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजीग तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनले नकआउट चरणमा स्थान पक्का गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...