YouTube Link

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

Facebook Link

काठमाडौं: स्वरुप परिवर्तन गरेर सडक र समाजलाई अशान्त पार्ने बुलेटलगायतका ४ सय ५ मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिई कारबाही गरेको छ । ट्राफिक काम-कारबाहीलाई सिर्जनशील, प्रभावकारी र परिणाममुखी बनाउँदै चुस्त बनाएर सडक यातायात सहज बनाउन सक्रिय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार त्यस्ता मोटरसाइकल चालकलाई पहिलोपटक सम्झाई-बुझाई गर्ने र जनचेतनामार्फत् सचेत गराउँदा पनि त्यही गल्ती चालकले दोहोर्यायो भने नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्ने गरिएको छ ।

 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी भन्छन्- ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ को उपदफा (१) मा सवरी धनीले अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ्ग, सीट संख्या, स्वरुप, इञ्जिन वा चेसिसमा परिवर्तन हुनेगरी हेरफेर गर्न नपाइने व्यवस्था गरिएको छ ।’ ध्वनी तथा वातावरण प्रदूषण नियन्त्रणका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी हर्न निषेध एरिया तोक्ने तथा सवारी साधनको नियमित यान्त्रिक परीक्षण र प्रदूषण जाँच गरी अनुगमन, निगरानी तथा कारबाही गर्दै आइरहेको छ ।

 

विशेषगरी मोडिफाइड गरिएका मोटरसाइकल तथा अन्य चारपाङ्ग्रे सवारी साधनहरूबाट उत्पन्न हुने चर्को आवाजले बृद्धबृद्धा, बालबालिका, विद्यार्थीलाई असर गर्ने गर्दछ । यसले शान्त वातावारणलाई खलबल्याउनुका साथै सडकमा दूर्घटनाको जोखिम निम्त्याउने र सार्वजानिक शान्ति, नागरिकको स्वास्थ्य अनि वातावरणविरुद्ध पनि हुने ट्राफिक प्रहरीको निष्कर्ष छ । यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘मोडिफाइड सवारी नियन्त्रण तथा ध्वनि प्रदूषण न्यूनीकरण विशेष अभियान’ सञ्चालन गर्दै आएको बताइएको छ ।

 

 

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम १२ मा सवारीको उपकरण तथा स्वरूप परिवर्तन गर्नुपर्ने अवस्थामा सम्बन्धित सवारी दर्ता भएको कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । सामान्य मर्मत-सम्भार वा कानूनले अनुमति दिएको सामान्य पार्टपूर्जा परिवर्तन र सवारीको मूल संरचना तथा स्वरूपमा गरिने अनधिकृत परिवर्तन फरक विषय हुन् । सवारी निर्माता कम्पनीले निर्धारण गरेको प्राविधिक मापदण्ड तथा क्षमताभन्दा फरक हुने गरी सवारीमा परिवर्तन गर्दा सवारीको सन्तुलन, नियन्त्रण क्षमता, ब्रेकिङ प्रणाली तथा समग्र सञ्चालन सुरक्षामा असर पर्नसक्ने सम्भावना रहन्छ । कतिपय सवारी चालकहरूले सवारीको स्वरूप परिवर्तन गरी तीव्रगति, अनावश्यक प्रतिस्पर्धा, स्टण्ट तथा जोखिमपूर्ण तरिकाले सवारी सञ्चालन गर्ने गरेको पाइन्छ । यस्तो प्रवृत्तिले चालक स्वयंका साथै अन्य निर्दोष सडक प्रयोगकर्ताको जीवनसमेत जोखिममा पार्न सक्छ ।

 

नियन्त्रणमा लिइएका सवारी साधनहरूको अवस्था, स्वरुप परिवर्तनको प्रकृति तथा सम्बन्धित कागजातहरूको आवश्यक जाँचबुझ गरी प्रचलित कानूनबमोजिम थप कारबाही प्रक्रिया अगाडि बढाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उसले भनेको छ- ‘सुरक्षित यात्रा हाम्रो प्राथमिकता हो, सडक सुरक्षा हाम्रो साझा जिम्मेवारी हो ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...