‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०
405
shares
काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले उसलाई फोन गरेर ‘म निर्दोष छु’ भन्न पाउँछ । तर, अनुसन्धानले त्यो व्यक्तिलाई दोषी देखायो भने प्रहरीले कानूनअनुसार कारबाही गर्छ नै । अहिले यस्तै-यस्तै हल्लाका बीच प्रहरी महानिरीक्षक हटाउने भन्ने चर्चा चुलिएको छ । तर, प्रहरी प्रधान कार्यालयले यो हल्लालाई नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ कि भन्ने सोच बनाएका केही सीमित व्यक्तिहरुको चालबाजी भएको र नेपाल प्रहरीले प्रचलित कानूनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ ।
यसैबीच प्राप्त विश्वस्त स्रोतको समाचारअनुसार प्रधानमन्त्री बालेन्द्र साहको कोर टिमका ‘आईटी विज्ञ’ भनिने विवेक मिश्र पछिल्लो समय नेपाल प्रहरीको नेतृत्व परिवर्तन गराउने खेलमा सक्रिय रहेको पाइएको छ । ‘रुटिन अफ नेपाल बन्द’ मा काम गर्दादेखि नै विभिन्न राजनीतिक तथा सार्वजनिक व्यक्तिसँग सम्बन्ध विस्तार गरेका मिश्रलाई गोपी हमाललगायतका मेयरहरूसँग प्रचार-प्रसार गरिदिने भन्दै रकम लिएको आरोपसमेत विगतमा लाग्दै आएको थियो । अहिले प्रधानमन्त्री बालेन्द्र साहको ‘आईटी विज्ञ’ का रूपमा सक्रिय रहेका मिश्र नेपाल प्रहरीको वर्तमान नेतृत्व परिवर्तन गराएर प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने प्रयासमा लागेको विश्वस्त स्रोतको दाबी छ ।
विश्वस्त स्रोतका अनुसार मिश्रले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नेतृत्वमा पुर्यािउन प्रधानमन्त्रीको सचिवालयदेखि विभिन्न तहमा पहुँच र प्रभाव प्रयोग गरिरहेको पाइएको छ । त्यतिमात्र होइन, मनोज केसीसँग आर्थिक लेनदेन भएको र उनलाई कम्तीमा एक दिन भए पनि प्रहरी महानिरीक्षक बनाइछाड्ने प्रतिबद्धता मिश्रले व्यक्त गरेको स्रोतको दाबी छ ।
प्रहरी संगठनको सर्वोच्च नेतृत्व चयनजस्तो संवेदनशील विषयमा बाह्य व्यक्तिको प्रभाव, आर्थिक चलखेल र राजनीतिक पहुँचको प्रयोग भएको हो भने यसले प्रहरी संगठनको व्यवसायिक निष्पक्षता र संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउन सक्ने सुरक्षा विज्ञहरुको तर्क छ ।
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०




















