YouTube Link

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज ३ गतेदेखि सुरु हुने भनिएको संस्थापनको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेको छ ।

 

समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद कुनै व्यक्ति वा समूहको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको उल्लेख गरेका छन् । महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकतालाई क्षति नपुऱ्याउन आग्रह गर्दै समितिले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने जनाएको छ ।

 

समितिले असोज ३ गतेबाट विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको ‘तथाकथित अधिवेशन/महाधिवेशन’मा सहभागी नहुन पनि आग्रह गरेको छ । बरु १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनमा सहभागी भई मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आह्वान गरेको छ । समितिका संयोजक कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा नेतासँग जोडिएको विषय नभएको बताएका छन् । आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उनले बताए ।

 

यता संस्थापनइतर समूहकै नेता प्रकाशशरण महतले गगन थापालगायत नेताहरूले सहमतिको प्रयास नगरेको आरोप लगाएका छन् । उनले शेरबहादुर देउवा र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग संवादको प्रयास नगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारमा बढी जोड दिइएको दाबी गरे । महतले कांग्रेसमा इतर समूहलाई तलदेखि माथिसम्म नेतृत्वमा आएको देख्न नचाहने प्रवृत्ति रहेको आरोपसमेत लगाए । अदालतको निर्णय पर्खिनुको सट्टा राजनीतिक सहमति गरेर अघि बढ्न सकिने अवस्था भए पनि त्यसतर्फ प्रयास नभएको उनको भनाइ छ ।

 

‘अदालतको प्रक्रियालाई नपर्खियौँ, राजनीतिक सहमति गरेर जाऊँ भन्न सकिन्थ्यो । तर उहाँहरूले सहमतिको बाटो बन्द गरेपछि असोज १५ देखि सुरु भएर मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागी होऔँ भनेका छौँ,’ महतले भने । उनले अहिले अर्को पार्टी बनाउन खोजिएको नभई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वमै नयाँ महाधिवेशन गर्न लागिएको दाबी गरे । महतले गगन थापाहरू ‘अपमानजनक बाटो’बाट अघि बढेकाले अब सहमतिको सम्भावना कठिन बनेको दाबी गरे । उनका अनुसार महाधिवेशनको कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गर्ने सहमति भए राजनीतिक विवादसमेत समाधान हुन सक्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...