YouTube Link

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

Facebook Link

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र साविकको विजेता सलहेश युवा क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

 

बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो । फिदिम स्पोर्टिङ क्लबको जितका लागि सुशन जबेगुले निर्णायक गोल गरे । खेलको ३४औं मिनेटमा सुशनले गरेको गोल नै निर्णायक बन्यो ।

 

प्रतिस्पर्धात्मक खेलमा झापाले गोल फर्काउने प्रयास गरेपनि असफल बन्यो । खेलमा फिदिमका खेलाडी मिराक खजुम म्यान अफ दि म्याच चुनिए ।

 

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाईटेड फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सलहेश उपाधि नजिक पुगेको हो । सलहेशको जितमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरे । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । यता‚ जर्जियन युनाईटेडले ताप्लेजुङ–११ लाई २–१ ले पराजित गर्दै सलहेशसँगको भेट पक्का गरेको थियो ।

 

 

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ भने टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले पनि उपहार स्वरुप स्कुटर प्राप्त गर्नेछ ।

 

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । गोल्डकप प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...