YouTube Link

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

Nepali Sena Suvakamana Dashain
Facebook Link

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको फिदिम स्पोर्टिङ क्लब र साविकको विजेता सलहेश युवा क्लबबीच प्रतिष्पर्धा हुने भएको छ ।

 

बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै फिदिम फाइनलमा पुगेको हो । फिदिम स्पोर्टिङ क्लबको जितका लागि सुशन जबेगुले निर्णायक गोल गरे । खेलको ३४औं मिनेटमा सुशनले गरेको गोल नै निर्णायक बन्यो ।

 

प्रतिस्पर्धात्मक खेलमा झापाले गोल फर्काउने प्रयास गरेपनि असफल बन्यो । खेलमा फिदिमका खेलाडी मिराक खजुम म्यान अफ दि म्याच चुनिए ।

 

मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतको जर्जियन युनाईटेड फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सलहेश उपाधि नजिक पुगेको हो । सलहेशको जितमा निशकुमार श्रेष्ठ र फागुराम थारूले गोल गरे । सलहेशले सातदोबाटो एफसीलाई ट्राइब्रेकरमा ४–३ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । यता‚ जर्जियन युनाईटेडले ताप्लेजुङ–११ लाई २–१ ले पराजित गर्दै सलहेशसँगको भेट पक्का गरेको थियो ।

 

 

आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । आयोजक समितिका अध्यक्ष सागर मादेनका अनुसार प्रतियोगिताको विजेताले ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिने छ भने टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले पनि उपहार स्वरुप स्कुटर प्राप्त गर्नेछ ।

 

लाखेजात्रा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगितामा आठ टोली सहभागी भएका थिए । गोल्डकप प्रतियोगिता फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...