YouTube Link

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

Facebook Link

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको भिषण बाढीमा परी हालसम्म ९०३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । प्राधिकरणका अनुसार बाढीका कारण २६७ जना घाइते भएका छन् भने करिव ४ हजार ३४७ जना अझै सम्पर्कविहीन रहेका छन् । यस विपदबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायतका जिल्लाहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

 

प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन् । उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी कुल २० हजार ८९९ जना सुरक्षाकर्मीहरू मैदानमा खटिएका छन् । सुरक्षा बलको सक्रियतामा हालसम्म बाढी-पहिरोमा फसेका १० हजार ४५९ जना नागरिकको सकुशल उद्धार भइसकेको छ । उद्धार उडानका क्रममा नेपाली सेनाको हेलिकप्टरमार्फत ३ हजार ३४४ जना नेपाली र २५२ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । यसका लागि सेनाले हालसम्म ४११ पटक हवाई उडान भरिसकेको छ ।

 

सरकारले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले बजेट विनियोजन गरेको छ ।  जसअन्तर्गत मुख्य प्रभावित जिल्ला रसुवामा रु. १ करोड, नुवाकोटमा रु. १ करोड र धादिङमा रु. ५० लाख नगद राहत सहयोग उपलब्ध गराइएको छ । यसका साथै बाढीबाट प्रभावित १५ वटा स्थानीय तहहरूका लागि कुल रु. ६ करोड ७५ लाख हस्तान्तरण गरिएको छ । प्रभावित क्षेत्रहरूमा खाद्यान्न, गैरखाद्यान्न सामग्री, औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीहरू निरन्तर पठाउने काम भइरहेको प्राधिकरणले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...