YouTube Link

अविरल वर्षाका कारण जाजारकोट पहिरामा परि दुई जनाको मृत्यु

Facebook Link

जाजरकोट: अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी गम्भीर घाइते भएका भेरी नगरपालिका-२ का ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा शनिबार बिहान ४:५० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।

 

यसअघि सोही वडाका ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा मृत फेला परेका थिए । साउन ३० गते दिउँसोदेखि परेको वर्षापछि भेरी नगरपालिका-२ रिसाङ तथा आसपासका क्षेत्रमा पहिरो जाँदा घरटहरा भत्किनुका साथै सर्वसाधारण विस्थापित भएका छन् । पहिरोमा परी अन्य ६ जना घाइते भएका छन् ।

 

गम्भीर घाइते ६० वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी र ५७ वर्षीया भद्राकली कार्कीलाई जाजरकोट जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । अन्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । पहिरो आएपछि भाग्ने क्रममा सोही वडाका ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

 

पहिरोका कारण घर भत्किएपछि तथा जोखिम बढेपछि रिसाङ क्षेत्रका ६०-७० घरपरिवारका करिब दुई सय मानिसलाई स्थानीय त्रिभुवन आधारभूत विद्यालय तथा नजिकैका डाँडामा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ । बाटो अवरुद्ध भएका कारण सुरक्षाकर्मी पैदलै पुगेर खोज तथा उद्धार कार्य गरिरहेका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...