YouTube Link

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

Facebook Link

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि सञ्चालन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं उपत्यकामा सुनका सिक्रीलगायत बहुमूल्य गरगहना र मोटरसाइकल लुटपाट-चोरीमा संलग्न ‘कर्मा समूह’ भनिने आपराधिक समूहका पाँचजना ‘पटके अपराधी’ लाई पक्राउ गरेको छ । चारजनालाई साउन १५ गते काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले थप अनुसन्धानका क्रममा ‘कर्मा समूह’ का नाइके कर्मा तामाङलाई काठमाडौं जिल्लाको बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार नियन्त्रणमा लिन खोज्दा कर्मा तामाङले आफूसँग भएको खुकुरीले प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेकाले चेतावनीस्वरुप दुई राउण्ड हवाई फायर गरिएको, त्यति गर्दा पनि प्रहरी टोलीमाथि आक्रमणको प्रयास जारी राख्दै मोटरसाइकलमा भाग्न-उम्कन खोजेकाले घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिई ट्रमा सेन्टरमा उपचारका लागि पठाएको थियो । घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एक थान खुकुरी, पाँच थान मोटरसाइकलका विभिन्न नम्बर प्लेट, मोटरसाइकल चोरी गर्न प्रयोग गरिने टी-लक, मास्टर कीलगायतका औजारहरु समेत बरामद गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका-४ घर भई गत भदौ २४ गते प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएको ‘कर्मा समूह’ भनिने आपराधिक समूहको नाइके कर्मा तामाङ, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-९, देउराली घर भई हाल बनेपा बस्ने मनोज तामाङ, कास्की जिल्लाको सराङकोट स्थायी ठेगाना भई हाल बौद्ध नयाँवस्ती बस्ने आले गुरुङ, पनौती नगरपालिका-९ बस्ने पासाङ घिसिङ, धुलिखेल नगरपालिका-१० बस्ने प्रतिमान गोले रहेका छन् ।

 

प्रतिमान गोलेले ‘कर्मा समूह’ ले गरेका सबै लुटपाटमा ‘राइडर’ को काम गरेको, पासाङ घिसिङले लुटपाटमा आवश्यक पर्ने मोटरसाइकलहरु चोरी गरेर उपलब्ध गराउने गरेको (काठमाडौंमा २० वटाभन्दा बढी मोटरसाइकल चोरीमा निजको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र निज स्वयंले पनि स्वीकारेको), मनोज तामाङले लुटपाट गरी ल्याइएका सुनका गरगहनाहरु गाल्ने र स्वरुप परिवर्तन गरी बिक्री गर्ने गरेको, आले गुरुङले आवश्यक परेको समयमा सर्वसाधारणउपर बल प्रयोग गर्नका लागि सशस्त्ररुपमा घटनास्थल वरिपरि स्ट्याण्डबाई रहने काम गर्ने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।

 

यो आपराधिक समूहले सुनका बहुमूल्य गरगहनासँगै २२० सीसीको पल्सर मोटरसाइकल चोरी गरी तत्कालै नम्बर प्लेट परिवर्तन गरेर लुटपाटमा प्रयोग गर्ने र घटना घटाइसकेपछि पुनः नम्बर प्लेट र स्वरुप परिवर्तन गरी उपत्यकाबाहिर लगेर सस्तोमा बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थान र काभ्रेपलाञ्चोकमा समेत लुटपाटमा संलग्न ‘कर्मा समूह’ भनिने आपराधिक समूहका गिरोहलाई काठमाडौं प्रहरीले आइतबार (साउन १७ गते) अदालतबाट सात दिनको म्याद थपी थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन यस्ता आपराधिक समूहका साम्राज्य ध्वस्त पार्ने अभियान नै चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरे भन्छन्- ‘जनताले खोजेको शान्ति-सुरक्षा, सुशासन, मानवअधिकारका साथै भयरहित वातावरणका लागि प्रहरीलाई प्रहरीजस्तो बनाएर ‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ को छवि समाजमा स्थापित गराइराख्न हामी हरसम्भव क्रियाशील छौं ।’

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...